Logo

काठमाडौँ विश्वविद्यालयमा युवा एकता महोत्सोव सुरु



धुलिखेल, ३२ साउन । काठमाडौँ विश्वविद्यालयमा युवा एकता महत्सोव सुरु भएको छ । नेपाल विद्यार्थी संघ विश्वविद्यालय इकाइ समितिको आजोजनामा भएको प्रतियोगिताको आज उद्घान खेल सम्पन्न भएको छ । भुम्लु गाउँपालिकाका उपाध्यक्ष दावा लामाले कार्यक्रमको उद्घाटन गरेका छन् ।

राष्ट्रिता, समावेशिता तथा विद्यार्थी एकताको मूल नारासहित विद्यार्थीको समग्र विकास गर्ने उदेश्यले महोत्सोवको आयोजना गरिएको हो । एक महिनासम्म संचालन हुने महोत्सोवमा बास्केटवल, फोटाग्राफी प्रतियोगिता, साहित्य महोत्सोव, अन्तरकलेज ब्याण्ड प्रतियोगिता, कला, चलचित्र तथा नाटक प्रदर्शनीलगायतका प्रतियोगिता हुने भएको छ ।

सन् २०१० मा तत्कालीन राष्ट्रिपति राष्ट्रपति रामवरण यादवले उद्घान गरेको महत्सोवको यो दोस्रो संस्करण हो । आज भएको उद्घाटन कार्यक्रममा बास्केटवल प्रतियोगिता भएको छ ।

बास्केटवलको उदघाटनमा महिलातर्फ काठमाडौँ विश्वविद्यालय र काठमाडौँ वर्ल्ड स्कूलबिच भएको प्रतियोगितामा काठमाडौँ वर्ल्ड स्कूलले ११ पोइन्ट अन्तरमा विजय हासिल गरेको छ ।

यसैगरी पुरुषतर्फ काठमाडौँ युनिभरसिटी स्कुल अफ मेनेजमेन्ट र भिएस कलेजबिच भएको प्रतियोगितामा भिएस कलेज २१ पोइन्ट स्कोरसहित विजयी भएको छ । महिलातर्फ १३ पोइन्टले देचेन सेर्पा र पुरुषतर्फ विवेक गुरुंग १४ पोइन्ट ल्याएर टप सकोरर भएका छन् । बास्केटवल प्रतियोगितामा १२ वटा पुरुष र ४ वटा महिला टोली सहभागी छन् ।

कार्यक्रममा काठमाडौँ विश्वविद्यालय स्कूल अफ ईन्जिनियरिङका डिन मानिस पोख्रेल, स्कूल अफ साइन्सका डिन जनार्दन लामिछाने, नेपाल विद्यार्थी संघ काठमाण्डौ विश्वविद्यालय केन्द्रीय कार्यसितिका सभापति गणेश थापालगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्