काठमाडौँ, ७ मंसिर । काठमाडौँ-१० मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी विजयी भएका छन् ।
निर्वाचन अधिकृत फणेश्वरी घिमिरेका अनुसार उनले केसीले १४ हजार चार सय ५८ मतसहित विजयी भएका हुन् ।
प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) हिमेस केसीलाई दुई हजार छ सय ७२ मतले पछि पार्दै केसी यस क्षेत्रबाट तेस्रोपटक निर्वाचित भएका हुन् । यद्यपि विजयको औपचारिक घोषणा हुन बाँकी छ । एमालेका केसीले ११ हजार सात सय ८७ मत प्राप्त गरेका छन् ।







