काठमाडौँ, ७ मंसिर । काठमाडौँ-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी भएका छन् ।
उनले नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाललाई ५ हजार २९३ मतले पछि पार्दै विजयी भएका हुन् । उनले १४ हजार २०४ मत ल्याएका छन् भने एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ९ सय ११ मत प्राप्त गरेका छन् ।
यस्तै नेपाली कांग्रेसका उम्मेदवार भिमसेन दास प्रधानले ८ हजार ८ सय ५ मत पाएका हुन् ।







