Logo

काठमाडौंको काष्ठमण्डप नजिकैका घरमा भीषण आगलागी



काठमाडौं, १३ असोज । काठमाडौंको काष्ठमण्डप नजिकैका घरमा आगलागी भएको छ । बिहानपख ३ बजेदेखि आगलागी सुरु भएको स्थानीयले बताएका छन् । उनीहरुका अनुसार तीनवटा घर र मन्दिर आगोको चपेटामा परेका छन् ।

दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । तर, आगो नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि काठमाडौं महानगर र ललितपुर महानगरका दमकल प्रयोग गरिरएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरी लगायतले आगो निभाइरहेका छन् । आगलागी कपडा गोदमाबाट सुरू भएको स्थानीयले बताएका छन् । तर आगलागीको कारण अहिलेसम्म एकिन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्