Logo

काठमाडौंमा राप्रपाको प्रदर्शन



काठमाडौं, २२ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा प्रदर्शन गरेको छ।

चैत १५ गते भएको तीनकुने घटनाका बारेमा निष्पक्ष न्यायिक छानिबन गर्नुपर्ने माग राख्दै राप्रपाले प्रदर्शन गरेको हो ।

सो प्रदर्शनका क्रममा मारिएकाहरूलाई शहीद घोषणा गर्न, घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न राप्रपाले माग गरेकाे छ ।

साथै पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा धवल शमशेर राणालगायत सम्पूर्ण बन्दीहरू रिहा गर्नसमेत पार्टीले माग गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्