Logo

काठमाडौँ महानगरले आज सेवा प्रवाह नगर्ने



काठमाडौँ, २९ मंसिर । काठमाडौँ महानगरपालिकाले आज सेवा प्रवाह नगर्ने भएको छ । काठमाडौँ महानगरको केन्द्रीय कार्यालय तथा मातहतका सबै विभाग/आयोजना/कार्यक्रम/वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने भएको हो ।

आज २८ औं महानगर दिवस विशेष रूपमा मनाउने कार्यक्रम रहेकाले महानगरले सेवाग्राहीलाई सेवा दिन नसक्ने जनाएको छ ।

ktm maha1671065128.JPG

प्रतिक्रिया दिनुहोस्