काठमाडौँ, १७ मंसिर । काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रोजिना श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
१० हजार ५५८ मध्ये २ हजार ९०२ मत पाउँदै उहा विजयी हुनुभयो । कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले २ हजार २०४ मत प्राप्त गर्नुभयो । तेस्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार लक्ष्मी रत्न तुलाधरले २ हजार २२० मत प्राप्त गर्नुभयो।
राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का श्याम कृष्ण श्रेष्ठले ७७४ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीका मीन बहादुर मानन्धरले १ हजार ८२ मत पाउनुभएको छ । ०७९ को निर्वाचनमा यहाँ कांग्रेसले जितेको थियो ।