Logo

काठमाडौँको फाेहर भोलिसम्ममा उठाइसक्ने



काठमाडौँ, ६ भदौ । काठमाडौँ महानगरपालिकाले काठमाडौँ उपत्यकाका सडकको छेउछाउमा थुपारेर राखिएकाे फाेहर धमाधम उठाउन थालेको छ ।

बञ्चरेडाँडामा फाेहर विसर्जन गर्न कुनै अवरोध नभए पछि थुप्रिएका फाेहर धमाधाम उठाउन थालिएको महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिए।

उनका अनुसार उपत्यकाका सडकमा थुप्रिएका फाेहर उठाउन महानगरले नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखासँग सहकार्य गरेको छ ।

अहिले काठमाडौँको कमलादीमा क्षेत्रका सडकमा थुपारेर राखेका फाेहर हटाइँदैछ । यस्तै, आजै कमलपोखरी क्षेत्रका फाेहर पनि सङ्कलन गरिनेछ । भोलि छुटेका ठाउँहरुको अनुगमन गरी फाेहर उठाइने उनले बताए । महानगरपालिकाले अहिले कुहिने र नकुहिने फाेहरलाई सडकबाट नछुट्याइ उठाएको छ ।

सडकका फाेहर उठिसके पछि भने कुहिने र नकुहिने फाेहरको वर्गीकरणलाई प्राथमिकता दिइने छ ।

प्रतिक्रिया दिनुहोस्