काठमाडौँ , ११ भदौ । काठमाडौँ महानगरपालिकाले वनस्थलीको ढुङ्गेधारामा रहेका अवैध संरचनामा हटाएको छ ।
नक्सा पास नगरि बनाइएका ती संरचना महानगरले डोजर लगाएर भत्काएको हो । ढुङ्गेधारामा अवैध रुपमा घरटहरा बनेका र हटाएको महानगरपालिकाले जनाएको छ ।
महानगरका मेयर बालेन्द्र शाहले गएको बुधवार नै अवैध रुपमा बनाएका संरचना हटाउन निर्देशन दिएका थिए । यसअघि महानगरले बानेश्वरको अल्फाबिटाको संरचना हटाएको थियो भने बुधवार काठमाण्डौ मल अगाडिको संरचना हटाएको थियो ।
काठमाडौँ महानगरपालिकाले अनधिकृत संरचना हटाउने अभियान अन्तर्गत हिजो त्रिपुरेश्वरमा रहेको राहदानी विभागको पार्किङ क्षेत्र खाली गराएको थियो ।






