काठमाडौं, १७ कार्तिक । राजेन्द्र कुमार (आरके) शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कात्तिक १९ गते सोमबार साधारणसभा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी)को बैठकले सोमबार भर्चुअल माध्यमबाट साधारणसभा गर्ने निर्णय गरेको हो ।
साधारणसभालाई सभ्य र भव्य बनाउन उपाध्यक्ष गंगाधर गौतमको संयोजकत्वमा एक समिति समेत बनाइएको छ । समितिले सचिव र क्षेत्र अनुसारका पदाधिकारीलाई समेटेर कार्यक्रम व्यवस्थित गराउने काम गर्ने महासचिव बुद्धि सुवेदीले जानकारी दिए । साधारणसभामा महासचिव र कोषाध्यक्षको प्रतिवेदन पेस हुनेछ । यस्तै विधानमा केही थपघट गर्न आवश्यक भएमा त्यसमा काम गर्नका लागि महासचिव र उपमहासचिव सहितको एक टीम समेत बनाउने निर्णय बैठकले गरेको छ ।
बैठकले नेपाल सरकारका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, संघ संस्थाका प्रतिनिधिलाई समेत अतिथिको रुपमा बोलाउने निर्णय गरेको छ । कात्तिक २१ गते परराष्ट्र मन्त्रालयले एकताका लागि पूर्वअध्यक्ष शेष घलेसहितका १३ जनालाई बैठकमा बोलाएकै बेला शर्मा नेतृत्वको एनआरएनएले साधारणसभा बोलाउन लागेको हो । शर्मा नेतृत्वको समितिले एकताको पक्षमा रहेको भने बताएको छ । तर शर्मा पक्षले बद्री केसी पक्ष आधिकारिक नभएको जिकिर गर्दै आएको छ ।गतेका लागि बैठक बोलाएको छ ।