Logo

कानुन निर्माणअघि वृहत अध्ययन जरुरी: तिमिल्सिना



काठमाडौँ, १८ पुस । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको प्रत्येक क्षेत्रको कानुन निर्माणअघि वृहत अध्ययन आवश्यक भएको बताएका छन् ।

नीति अनुसन्धान प्रतिष्ठानले ‘राष्ट्रियसभाका सांसदहरुसँग नेपालको सार्वजनिक नीति विषयक नीति संवाद’ कार्यक्रममा उहाँले अध्ययन गरेर मात्र विधेयक बनाउनुपर्ने र त्यसले दीर्घकालीनरुपमा काम गर्नुपर्नेमा जोड दिए ।

“स्वास्थ्य, शिक्षा, सञ्चार, रोजगार तथा परराष्ट्र नीतिजस्ता क्षेत्रको कानुन निर्माण गर्दा विज्ञ र सरोकारवालासँगको गहन छलफल जरुरी छ”, अध्यक्ष तिमिल्सिनाले भने, “एक पटक बनाएको कानुन जुनसुकै सरकार वा पार्टीलाई पनि मान्य खालको होस, त्यसले देशको हित गरोस् ।”

राष्ट्रियसभाले अत्यन्तै मेहनत गरेर तयार गरेका पाँच वा विधेयक शून्य अवस्थामा पुगेको उल्लेख गर्दै उनले थपे, “धेरै लगानी र मेहनत गरेर पाँच वटा विधेयक बनाइएको थियो, ती विधेयक म प्रधानमन्त्री कहाँ लिएर जान्छु, र त्यसलाई पुनः ल्याउन आग्रह गर्छु ।”

अध्यक्ष तिमिल्सिनाले नीति अनुसन्धान गर्ने स्थानमा बसेका व्यक्तिले राष्ट्रका लागि तटस्थ भएर वौद्धिकता प्रस्तुत गरी काम गर्नुपर्ने बताए । त्यसले देशको समग्र विकासमा सहयोग पु¥याउने गरी काम गर्नुपर्ने उनको जोड छ ।

प्रतिक्रिया दिनुहोस्