Logo

कान्छी श्रीमतीको हत्या गरेर बरालले गरे आत्महत्या



पोखरा, २३ बैशाख । पोखरामा एक व्यक्तिले श्रीमतीको हत्या गरेर आफुले आत्महत्या गरेका छन् । सोमबार दिउँसो पोखरा १७ का ऋषिराम बरालले घरायसी झगडामा श्रीमती देवीमाया पराजुलीको हत्या गरेर आफूले आत्महत्या गरेका हुन् ।

कास्की प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले बरालले घरायसी विवादमा धारिलो हतियार प्रयोग गरेर कान्छी श्रीमतीको हत्या गरेपछि आफुले पनि आत्महत्या गरेको प्रारम्भीक अनुसन्धानमा देखिएको जानकारी दिनुभयो।

छिमेकीका अनुसार ऋषिरामले तीन वर्षअघिमात्र देवीसँग दोस्रो बिहे गरेका थिए। ऋषिरामको जेठीतर्फबाट एक छोरा छन्। उनकी जेठी श्रीमती र छोरा पोखरा ५, मालेपाटनमा बस्दै आएका छन्।

कान्छीतर्फबाट भने जायजन्म भएको थिएन। पछिल्लो समय कान्छी श्रीमतीसँग पनि ऋषिरामको राम्रो सम्बन्ध थिएन। उनीहरु झगडा गरिरहन्थे। सोमबार नै ऋषिरामले जेठी श्रीमतीसँग भेटेको तस्वीर फेसबुकमा पोस्ट गरेका थिए।

घटनास्थलमा चक्कु र मेटासिड नामक विषको खाली डब्बा भेटिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्