Logo

कान्ति लोकपथमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु



मकवानपुर, ५ जेठ । मकवानपुरको बकैया गाउँपालिका – १२ ठिंगनस्थित कान्ति लोकमार्गमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

ललितपुरबाट हेटौंडातर्फ आउँदै गरेको ग ३ च ९४७५ नम्बरको कार सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा कारमा सवार रौतहट मौलापुर नगरपालिका–६ का १७ वर्षका विवेक शाह र मकवानपुरको बकैया गाउँपालिका–१२ का ६५ वर्षका प्रेमबहादुर ब्लोनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनीहरुको टाउको र शरीरका विभिन्न ठाउँमा चोट लागेको थियो । कारका चालक बाराको निजगढ नगरपालिका६ का ३० वर्षका सन्दीप शाहको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्