Logo

काबुलमा विस्फोट: दुई जनाको मृत्यु, १२ घाइते



बाँके, २७ पुस । अफगानिस्तानको राजधानी काबुलको पश्चिमी किनारमा रहेको दश्त-ए-बर्ची क्षेत्रमा बिहीबार भएको बिस्फोटमा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको काबुलका प्रहरी प्रवक्ता खालिद जाद्रानले बताएका छन् ।

आतंकवादी हमलालाई दोष दिँदै जाद्रानले सुरक्षा बलहरूले देशका सबै नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न सक्दो प्रयास गर्ने बताए । दश्त-ए-बर्ची इलाकामा यो दोस्रो आतंककारी हमला हो ।

यसअघि शनिबार मिनी बसलाई लक्षित गरी भएको आक्रमणमा दुई जनाको मृत्यु भएको थियो भने १५ जना घाइते भएका थिए । शनिबारको मिनी बसमा भएको हमलाको जिम्मेवारी प्रतिद्वन्द्वी दाएस वा इस्लामिक स्टेट संगठनले लिएको छ तर अन्य दुई विस्फोटको जिम्मेवारी कुनै समूह वा व्यक्तिले लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्