अफगानिस्तान, २० असोज । अफगानिस्तानको राजधानी काबुलस्थित एक मस्जिदमा बम विस्फोट हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ ।
आन्तरिक मन्त्रालयको परिसर नजिक रहेको मस्जिदमा भएको विस्फोटमा १८ जना घाइते भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
विस्फोटको कारण खुलेको छैन । तर पछिल्ला महिनामा चरमपन्थीहरूद्वारा धेरै आक्रमण भएका छन् ।
मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टकोरका अनुसार मन्त्रालयका कर्मचारीहरू पनि मस्जिदमा जाने गरेका छन् । सन् २०२१ मा तालिबानले सत्ता हातमा लिएपछि अफगानिस्तानलाई सुरक्षित गरेको बताउँदै आएका छन् । तर शहरमा विस्फोटको क्रम रोकिएको छैन ।