Logo

काभा पुरुष भलिबल च्यालेन्ज कप: नेपालद्वारा अफगानिस्तान पराजित



श्रीलङ्का, २४ असोज । श्रीलङ्कामा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ ।

कोलम्बोस्थित सुगाथादास रङ्गशालामा आज भएको खेलमा नेपालले अफगानिस्तानलाई ३-२ सेटमा पराजित गरेको हो ।

अफगानिस्तानसितको आजको खेलमा नेपालले पहिलो सेट २५-१९ अङ्कले आफ्नो पक्षमा पारेको थियो । नेपालले दोस्रो सेट १९-२५ तथा तेस्रो सेट २२-२५ अङ्कले गुमाएको थियो । नेपालले चौथो सेट २५-२१ अङ्कले तथा पाँचौँ एवं निर्णायक सेट १५-१० अङ्कले आफ्नो पक्षमा पारेको थियो ।

नेपाल हालसम्म खेलेका तीनमध्ये दुई खेलमा विजयी तथा एउटामा पराजित भएको छ । नेपाल पहिलो खेलमा बङ्गलादेशसित ३-१ सेटले विजयी भएको थियो भने दोस्रो खेलमा श्रीलङ्कासँग ३-० को सोझो सेटमा पराजित भएको थियो ।

अफगानिस्तानले यसअघि पहिलो खेलमा उज्वेकिस्तानलाई ३-२ तथा दोस्रो खेलमा बङ्गलादेशलाई ३-० को सेटमा पराजित गरेको थियो । नेपालले अब शुक्रबार साउदी अरबसित खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्