श्रीलंका, २६ असोज । श्रीलंकामा जारी काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपाल साउदी अरेबियासँग पराजित भएकाे छ ।
शुक्रवार दिउँसाे श्रीलङ्कामा भएकाे खेलमा साउदी अरेबियाले नेपाललाई ३-२ काे सेटमा हरायाे । साउदी अरेबियाले पहिलाे सेट २५-२२, तेस्राे सेट २५-२३ र पाँचाैँ सेट १६–१४ ले जित्याे । नेपालले दाेस्राे सेट २५-२१ र चाैथाे सेट २७-२५ ले जितेको थियो ।
लिगको अन्तिम खेलमा नेपालले उज्वेकिस्तानसँग भोलि खेल्नेछ । यसअघि भएका खेलमा नेपालले अफगानिस्तान र बङ्लादेशलाई हराएको थियो भने श्रीलङ्कासँग पराजित भएको थियो ।