Logo

काभ्रेमा बस दुर्घटना: १७ जनाको मृत्यु, १३ जना घाइते



काभ्रेपलाञ्चोक, २८ मंसिर । काभ्रेको बेथानचोक गाउँपालिका-४ सल्लाफेदमा मङ्गलवार बेलुकी बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । बा ३ ख ४३८५ बस दुर्घटना हुँदा अन्य १३ जना घाइते भएका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेका अनुसार १५ जनाको दुर्घटनास्थल र अन्य दुई जनाको बनेपाको शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

बनेपा नगरपालिका-११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका-५ च्याल्टी पुगेर फर्किँदै गरेको ‘रिजर्भ’ बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइतेहरूमध्ये आठ जनाको बनेपाको शिर मेमोरियल अस्पताल र अन्य पाँचको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर प्रयोग गरी उद्धार गरिरहेको छ । बसमा कति जना थिए भन्ने यकिन तथा मृतकको पहिचान हुन नसकको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्