Logo

काभ्रेमा मिनीबस र जिप ठोक्किँदा ५ जनाको मृत्यु



काभ्रे, २१ वैशाख । काभ्रेको रोशी गाउँपालिका–११, बढुवेशीमा गाडी र जिप ठोक्किँदा एक बालकसहित ५ जनाको मृत्यु भएको छ । भारतीय पर्यटक बोकेको गाडि र सिन्धुलीबाट काठमाडौं जाँदै गरेको जीप ठोँक्दिा दुर्घटना भएको हो ।

भारतीय पर्यटक बोकको यूपी५८टी ८१८१ नम्बरको मिनी बस गाडी र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको जिप एकापसमा ठक्कर खाँदा ५ जना नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

मृतकको पहिचान खुलिनसकेको खतिवडाले बताए । दुर्घटनामा घाइते भएकाहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्