Logo

कामचलाउ सरकारले अध्यादेश ल्याउनु कुर्सी मोहको पराकाष्ठा: कार्की



काठमाडौँ, २६ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डाक्टर तोसिमा कार्कीले सरकारले अध्यादेश ल्याउने निर्णय गरेकोप्रति आपत्ति जनाएकी छन् ।

नवनिर्वाचित सांसद कार्कीले कामचलाउ सरकारले रातारात जनघातक अध्यादेश ल्याउन लागेको भन्दै विरोध गरेकी हुन् । ।

कार्कीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अपराधीहरुलाई कारागारसम्म गएर भेट्ने तथा रिहाई गराउन कामचलाउ सरकारले रातारात जनघातक अध्यादेश ल्याउने? निर्लज्ज कुर्सी मोहको पराकाष्ठा! विधिको शासनलाई आफू अनुकुल नचाउन दिईनुहुदैन । देशलाई दुर्घटनाबाट बचाउन नागरिक विरोध आवश्यक छ । तत्काल यो अध्यादेश सच्याईयोस्, खारेज गरियोस्!!

प्रतिक्रिया दिनुहोस्