Logo

कामीरिता शेर्पा २८औँ पटक सगरमाथाको चुचुरोमा



काठमाडौँ, ९ जेठ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै २८औँ पटक सगरमाथा आरोहण गरेका छन् ।

उनले आज बिहान ९ बजेर २३ मिनेटमा सगरमाथाकाे सफल आराेहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको छ ।

उनले गएकाे बुधवार बिहान साढे ८ बजे सगरमाथाको २७औँ पटक सफल आरोहण गरेका थिए । २०२६ सालमा सोलुखुम्बुको थामेमा जन्मिएका कामीरिताले यसअघि २०७९ वैशाख २४ गते सगरमाथाको २६औँ पटक आरोहण गरेका थिए ।

कामीरितापछि सर्वाधिक सगरमाथा आरोहण गर्ने दोस्रो व्यक्ति पासाङदावा शेर्पा हुन् । उनी २७ औँ पटक सगरमाथाको चुचुरोमा पुगेका छन् । पासाङदावा (पादवा) शेर्पाले हिजाे  २७ औँ पटक सर्वाेच्च शिखर सगरमाथाकाे आराेहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्