Logo

काम सुरु गर्ने बेलामा मन्त्री पदबाट हट्नुपर्‍याे: गिरी



काठमाडौँ, १६ फागुन । निवर्तमान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले काम सुरु गर्ने बेलामा मन्त्री पदबाट हट्नुपरेको बताएका छन् ।

४२ दिन मन्त्री रहँदा मन्त्रालयको समस्या कसरी समाधान गर्ने भनेर अध्ययन गरेको र अब काम सुरु गर्ने बेलामा भने आफूले मन्त्रालयबाट बिदा लिनुपरेको उनको गुनासो थियो ।

स्वास्थ्य पत्रकार मञ्चले मङ्गलवार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै निवर्तमान मन्त्री गिरीले मन्त्रीको रूपमा आफूले बिताएको समय त्यस क्षेत्रको अध्ययनमा बिताएको पनि स्पष्ट पारेका थिए ।

उनले स्वास्थ्य मन्त्रालयमा धेरै जटिल समस्याहरू छन् भन्ने कुरा आफूले मन्त्री भएपछि मात्रै थाहा पाएको समेत बताए ।

निवर्तमान मन्त्री गिरीले भने, ‘४२ दिन स्वास्थ्य मन्त्रीको रूपमा रहेर काम गर्ने अवसर प्राप्त भयो । यो ४२ दिनको अवधिमा मैले स्वास्थ्य क्षेत्रको अध्ययनमा धेरै घनिभूत ढङ्गले जुटे । अब स्वास्थ्य क्षेत्र बुझेर काम गर्ने बेला आएको थियो । त्यही बेला यहाँबाट बिदा लिनुपर्ने अवस्था बन्यो । स्वास्थ्य मन्त्री बन्नुअघि यस क्षेत्रमा यति धेरै विकराल समस्या छ भन्ने मलाई थाहा थिएन ।’

प्रतिक्रिया दिनुहोस्