Logo

कारले मोटरसाइकललाई ठक्कर दिँदा बस्नेतको मृत्यु



काठमाडौँ, २७ कात्तिक । भक्तपुरमा शनिबार बेलुका भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

भक्तपुर नगरपालिका वडा नम्बर-१ ईवामुरा अस्पताल नजिकै बा ७ च ०८१५ नम्बरको कारले बाग्मती प्रदेश-०२-०२८ प ७३९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक काभ्रे पाँचखाल नगरपालिका वडा नम्बर-१ का २३ वर्षका सन्दीप बस्नेतको उपचारका क्रममा मृत्यु भएको हो ।

उनको ईवामुरा अस्पताल भक्तपुरमा ज्यान गएको प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्