Logo

कार्कीलाई मुख्यमन्त्री नियुक्त गराउन ४८ सांसदको प्रदेश प्रमुखको कार्यालयमा धर्ना



विराटनगर, २६ असोज । नेपाली काँग्रेसका नेता केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गराउन कोशी प्रदेशसभाका ४८ जना सांसद प्रदेश प्रमुखको कार्यालयमा भेला भएका छन् । कार्कीको नियुक्तीका लाई दबाब दिन नेपाली काँग्रेसका कार्कीका पक्षधर र नेकपा एमालेका ३९ जनासहित ४८ सांसदहरू प्रदेश प्रमुखको कार्यालयमा भेला भएका हुन् ।

सत्ता गठबन्धनले प्रदेश प्रमुखलाई माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री नियुक्त गर्न दबाब दिएपछि कार्की पक्षका सांसद भेला भएका हुन् । आङ्बोले पनि पार्टीको सहमतिसहितको दावी गरेपछि प्रदेश प्रमुखले कार्कीको नियुक्ति ढिलाई गरेका हुन् ।

एमालेका ३९ र कांग्रेसका ८ गरी ४७ जनाको हस्ताक्षरसहित कांग्रेसका केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै बिहीबार उनीहरुले हस्ताक्षर बुझाएका थिए । तर प्रदेश प्रमुख कार्कीले दिएको समय घर्किन लाग्दा पनि मुख्यमन्त्री नियुक्त नगरेको भन्दै उनीहरु दबाब दिन प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्