
काठमाडौँ, १८ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा भारत प्रस्थान गरेसँगै उनले गर्ने दैनिक प्रशासनिक काम गृहमन्त्री बालकृष्ण खाणले गर्ने भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले देउवाको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम गृहमन्त्री खाणले सम्हाल्ने गरी तोकिएकी हुन् ।
नेपालको संविधानअनुसार प्रधानमन्त्री देउवाको सिफारिसमा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम सम्हाल्ने गरी मन्त्री खाणलाई राष्ट्रपति भण्डारीले तोकेको राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।








