Logo

कार दुर्घटना हुँदा तीन जना घाइते



काठमाडौँ, १९ असार । काठमाडौँको बबरमहलमा कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा कार चालक भक्तपुरको कमलविनायकका २५ वर्षीय विकास बुढाथोकी, कारमा सवार सोही ठाउँका २७ वर्षीय जिनी चौरसिया र रामेछाप घर भई हाल कमलविनायक बस्ने २१ वर्षीय जीवन गिरी रहेका छन् । उनीहरू तीनै जनाको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये गिरीको अवस्था गम्भीर छ । आज बिहान करिब पौने ३ बजे बा२च ८५३३ नम्बरको कार आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरी वृत्त सिंहदरबारले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्