Logo

कालिकामाईमा २१ वर्षका बशिष्ट बने गाउँपालिका अध्यक्ष



पर्सा, ४ जेष्ठ । पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा २१ वर्षीय युवा विजयी भएका छन् ।

कालिकामाई गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका वशिष्ट कुमार र उपाध्यक्षमा कांग्रेसकी राजमती बरैनी विजयी भएका छन् ।

अध्यक्ष पदका उम्मेदवार वशिष्ट कुमारले तीन हजार सात सय १९ मत र उनका प्रतिस्पर्धी कांग्रेसका अजय कुमारले तीन हजार ६ सय पाँच मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा कांग्रेसकी राजमती बरैनीले तीन हजार नौ सय ६१ र उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका सहानी खातुनले तीन हजार आठ सय ३६ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्