कालिकाटे, १६ मंसिर । कालिकोटको तिलागुफा नगरपालिका–४ को वडाध्यक्षमा नेपाल मजदुर किसान पार्टीका खड्ग राज शाही निर्वाचित हुनुभएको छ ।
१४३ मतसहित उहा निर्वाचित हुनुभएको हो । उहाका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी नैसोभा शाहीले ११५ मत प्राप्त गर्नुभयो।
नेकपा एमालेका ऐनबहादुर शाहीले ७८, कांग्रेसका पैलबहादुर शाहीले ४९, रास्वपाका गगन बमले ५, राप्रपाका गोगनबहादुर शाहीले १७ मत ल्याउनुभयो ।