कालीकोट, २५ जेठ । कालीकोटमा रोकिराखेको जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
रास्कोट नगरपालिका वडा नम्बर-२ सेराबजारमा स्टार्ट गरी छोडेको बा १ च ४६४१ नम्बरको जीप सडकबाट भिरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा रास्कोट नगरपालिका-१ लहरेलाका ४३ वर्षका मनबहादुर शाही र उनकी श्रीमती मैना शाहीको ज्यान गएको हो।
दुर्घटनामा जीपमै रहेका त्यही ठाउँका रितु सिंह घाइते भएका हुन् । घाइतेलाई उपचारका लागि रास्काेट अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी जयश्वर रिमालले जानकारी दिए । उनका अनुसार चालकले जीप स्टार्ट गरी छाडेर जुत्ता लगाउन गएका बेला दुर्घटना भएको हो ।







