Logo

कालो धनलाई सेतो बनाउन नसकेपछि गभर्नरमाथि आक्रमण: पोखरेल



काठमाडौँ, ४ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलल कालो धनलाई सेतो बनाउन नसकेपछि गभर्नर महाप्रसाद अधिकारीमाथि सत्तापक्षबाट आक्रमण भइरहेको आरोप लगाएका छन् । काठमाडौंमा बुधबार अनलाइन सम्पादकहरुसँगको अन्तरक्रियामा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

‘एम अधिकारीबारे पार्टी र गभर्नर स्वयंले होइन भन्दा पनि जुन तरिकाले उचाल्ने काम भइरहेको छ, यो कालो धनलाई सेतो बनाउने श्रृंखला हो,’ महासचिव पोखरेलले भने, ‘गभर्नरलाई असफल बनाएर वित्तीयरुपमा देशलाई श्रीलंकाको बाटोतर्फ लैजानु हो ।’

प्रतिक्रिया दिनुहोस्