Logo

कास्कीको मिर्सा केन्द्रविन्दु भएर भूकम्प



कास्की, ३ साउन । कास्की जिल्लाको मिर्सा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा कास्कीको मिर्सा आसपास केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि गत असार २८ गते हुम्ला जिल्लाको कालिका आसपास केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्