काठमाडौँ, १५ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कास्की निर्वाचन क्षेत्र नम्बर-१ बाट आफूले चुनाव लड्ने कुनै तयारी नभएको बताएका छन् ।
बुधबार कांग्रेस कास्कीका सचिव भानुभक्त ढकालले थापालाई कास्की-१ बाट सांसदको उमेदवार बनाउन पार्टीको क्षेत्रीय समितिमा निवेदन दिएका छन् । तर, थापाले आफूसँग सल्लाह नगरी निवेदन दिइएको बताए ।
“मलाई यस विषयमा केही जानकारी छैन । मैले पनि मिडियामा आएपछि थाहा पाएको हो । मसँग सल्लाह गरिएको हैन,” थापाले भने, “म काठमाडौँ क्षेत्र नम्बर-४ बाटै लड्ने हो । म कास्की जाने हल्ला सत्य हैन । कसैलाई भ्रममा नपर्न अनुरोध गर्दछु ।”







