Logo

काेराेना सङ्क्रमणबाट एकैदिन पाँच जनाको मृत्यु



काठमाडौँ, २६ साउन । कोरोना भाइरसको सङ्क्रमणका कारण एकैदिन पाँच जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा सङ्क्रमणका कारण पाँच जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कोरोनाका कारण अहिलेसम्म नेपालमा ११ हजार नौ सय ८२ जनाको ज्यान गइसकेको छ ।

यस्तै थप आठ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार पाँच सय ३४ जनाको नमुना परीक्षण गर्दा आठ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यही अवधिमा चार सय ७६ जना सङ्क्रमित निको भएका छन् । यस्तै कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर पाँच हजार आठ सय ६९ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्