Logo

काेशी प्रदेशकाे सभामुखमा राप्रपाका विष्ट निर्वाचित



विराटनगर, २४ पुस । काेशी प्रदेशकाे सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का सांसद अम्बरबहादुर विष्ट निर्विराेध निर्वाचित भएका छन् ।

प्रदेशकाे सभामुखका लागि विष्टकाे मात्र उम्मेदवारी परेकाे थियाे । आज बसेकाे प्रदेश सभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्ट निर्विराेध निर्वाचित भएकाे घाेषणा गरेकी हुन् ।

उनकाे प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र समर्थकमा प्रेमराज थाम्सुहाङ रहेका थिए ।​​ निर्वाचित भएपछि सभामुख विष्टले सबै दलसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

गएकाे साउन १६ गते बाबुराम गौतमले सभामुखबाट राजीनामा दिएपछि याे पद रिक्त रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्