युक्रेन, १२ असार । रुसको आक्रमणविरुद्ध ऐक्यबद्धना जनाउन तथा युक्रेनलाई समर्थन गर्न जी-७ का नेताहरू जर्मनीमा छलफलमा जुटेका बेला आइतवार किएभको आवासीय एवम् आसपासको क्षेत्रमा डरलाग्दो विस्फोट भएका छन् ।
उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) शिखर सम्मेलनको तयारीमा रहेका नेताहरूलाई तर्साउने उद्देश्यले तीन हप्तापछि फेरि आक्रमण गरिएको युक्रेनको राजधानी किएभ नगरका प्रमुख भिटाली क्लिट्स्कोले बताएका छन् ।
केही नगरवासीलाई बाहिर निकालिएको तथा दुई जना घाइतेलाई अस्पतालमा भर्ना गरिएको क्षतिग्रस्त भवनको भ्रमण गरेपछि उनले बताए ।