कविता शर्मा ( पाठक )
झापा जिल्ला अदालतमा आठ सय भन्दा बढी सम्बन्ध विच्छेदका मुद्धा दर्ता रहेको तथ्यांक हालै संचारमाध्यमबाट सार्वजनिक भयो । पछिल्लो समयमा यो तथ्यांकमा अझै बृद्धि भएको हुनुपर्छ । महिलामाथि हुने विभिन्न प्रकारका हिंसाका घटनाहरु दीनहुजसो संचारमा आईरहेका हुन्छन् । यस्ता हिंसाहरुमध्ये घरेलु हिंसाका घटनाहरु बढी मात्रामा रहेको यथार्थ महिलाहरुको उजुरीले देखाउँछ । यसको अलावा प्रचलित कानूनले महिलालाई अंश सहित सम्बन्ध विच्छेद गर्न पाउने प्रावधान गरेको छ । कानूनी व्यवस्था जे जस्तो भएता पनि व्यवहारमा महिलाले संपत्तिको हक प्राप्त गर्नु उत्तिकै कठिन विषय हो । तथापी संपत्तिमाथि समान हकको प्रावधानका कारण पनि सम्बन्ध विच्छेदका मुद्धाहरु बढी आउन थालेको पाईन्छ ।
आफूमाथि शारिरीक तथा मानसिक हिंसा भएका कारण सम्बन्ध विच्छेद गर्न आउने महिलाको संख्या बढेसंगै पुरुषले पनि आफू पत्नीबाट शोसित पीडित हुनुपरेको गुनासो गर्दै उजुरी गर्न थालेको घटना सार्वजनिक भईरहेका छन् । सम्बन्ध विच्छेदका लागि अदालत आउने महिलाहरुमा अधिकांश महिलाका श्रीमान विदेशमा रहेको ,विदेशबाट आएर अर्को विवाह गरेको , परिवारका कुरा सुनी श्रीमतीलाई घरनिकाला गरेको र माईतिमा नै बसीरहेका महिलाहरु बढी हुने गरेको पनि उजुरीले देखाउछ ।
यस्ता घटनाहरुमा केही महिलाहरु यथार्थमा श्रीमानबाट अपहेलित भई आफ्नो हकअधिकार लिई अलग हुनका लागि कानुनी प्रकृयामा आएका हुन्छन् । तर कतिपय महिलाहरु श्रीमानको अनुपस्थितिमा अन्य व्यक्तिसंग सम्बन्ध स्थापित गर्ने , संपत्ति हिनामिना गर्ने , अर्को विवाह गर्ने जस्ता कारणबाट परिवारबाट अपहेलित भई कानूनको साहारा लिन आएका पनि हुन्छन् । श्रीमानसंगको भौतिक दुरीका कारण महिलाले अर्को पुरुष साथीसंग नजिक हुनु र श्रीमानले पनि विदेशमा रहदा अन्य महिलासंग सम्बन्ध राख्ने विषयमा व्यक्ति अनुसार फरक दृष्टिकोण हुन सक्छ । तर यिनै विषयका कारण सम्बन्ध विच्छेद बढिरहनु भनेको हाम्रो समाजको चिन्ताको विषय भने पक्कै हो ।
आफू विदेशमा रहँदा श्रीमतीले अर्कै व्यक्तिसंग सम्बन्ध बढाएको र कमाएर पठाएको रकम समेत हिनामिना गरेको खबर पाई नेपाल आएका एक व्यक्तिले छोराछोरीको भविश्य हेरी श्रीमतीलाई संझाई बुझाई गर्ने प्रयास सफल नहुदै अदालतमा सम्बन्ध विच्छेदको प्रतिउत्तर लिई हाँजीर हुनुपर्यो । उनी कानून व्यवसायीसंग मेरी श्रीमतीलाई संझाईदिनोस् म उनलाई मेरो शीरताजमा राख्नेछु भन्दै विन्ती गरिरहेका थिए । तर श्रीमतीले अंश सहितको सम्बन्ध विच्छेदको अडानलाई छाडेकी थिईनन् । महिलाले चाहेमा सजिलै सम्बन्ध विच्छेद हुन सक्ने कानूनी प्रावधान भएका कारण पनि यस्तो अवस्थामा पीडित पुरुषले अन्याय सहन बाध्य हुनुपरेको हुन्छ । यो त एउटा घटनाको उदाहरण मात्र हो । हाम्रो समाजमा आजभोली सम्बन्ध विच्छेदका घटनाहरुमा केही मात्रामा यस्ता प्रसंगहरु जोडिएर आउन थालेका छन् । यस्ता घटनाले हामीले परिकल्पना गरेको सभ्य समाजको निर्माण गर्न कदापी सहयोग गदैन । किन्तु समाजमा फेरी अर्को वर्ग थिचोमिचो र अन्यायमा पर्ने परिपाटीको विकास हुन्छ । जुन मानवअधिकार विरोधी अभ्यास हो ।
न्ोपालमा विगत केही वर्षदेखि बैदेशिक रोजगारमा जाने युवाहरुको संख्या बढ्दो छ । प्राय गरी हरेक परिवारका कुनै न कुनै सदस्य बैदेशिक रोजगारको लागि बाहिरीएको देखिन्छ । बैकल्पीक रोजगारको उत्तम विकल्प बैदेशिक रोजगार बनेको छ । गृहस्थी जिवनमा प्रवेश गर्ने , परिवार तथा बालबालिकाको राम्रो जिवनको परिकल्पना गर्दै युवाहरु विदेसिन बाध्य हुन्छन् । यही बाध्यताका कारण जीवनमा परिवार नै विखण्डन भई पछुताउनु पर्ने परिस्थितिको मुख्य जड बैदेशिक रोजगार बनेको छ । सुखी जीवनका लागि आर्थिक मात्र नभई यौन पनि संगसंगै प्रमुख विषयका रुपमा आएको हुन्छ भन्ने कुरालाई यस प्रकारका घटनाले प्रष्ट पार्छ । यस्ता घटनाले बैवाहिक सम्बन्धमा मात्र फाटो नल्याएर समग्र देशलाई नै कति प्रभाव पारेको छ भन्ने कुरा अर्को महत्वपूर्ण विषय हो ।
म्हिलाबाट पुरुष पीडित भएका घटनाहरु मात्र होईन , पुरुषबाट महिला पनि बैदेशिक रोजगारका नाममा ठगिएका छन् । विदेश जाने पुरुषहरुको संख्या बढे संगसंगै महिलाहरु पनि आत्मनिर्भरताको खोजीमा विदेश जान थालेका छन् । विदेशमा रहेर स्वदेशमा श्रीमानलाई पैसा पठाउने महिलाहरु पनि नठगिएका हैनन् । तर हाम्रो समाजमा पुरुषले परस्त्री गमन गर्नुलाई सामान्य मानिने र महिलाले परपुरुष गमन गर्नु अपराधका रुपमा लिईने भएका कारण पनि स्वदेशमा भएका महिलामाथि यौनसंग जोडिएर यस्ता घटना भएका हुन सक्छन् ।
वैवाहिक जिवनमा अनेकन कठिनाईहरुलाई सामना गर्नुपर्ने हुन्छ । श्रीमान श्रीमती दुबै बीच विश्वासको वातावरण बन्न नसकेमा सम्बन्ध विच्छेदको स्थिति आईपर्न सक्छ । सम्बन्ध विच्छेदले महिला र पुरुषलाई मात्र प्रभाव पार्दैन बरु त्यससंग जोडिएका अन्य नाता सम्बन्धमा समेत उत्तिकै नकारात्मक प्रभाव पारिदिन सक्छ । विषेश गरी बालबालिकामा यसको नकारात्मक प्रभाव पर्न सक्छ । एउटा महिला वा पुरुषको असंवेदनशिलताले अबोध बालबालिकाको नैसर्गिक अधिकार हनन हुन पुग्दछ । अहिलेको समाजमा वैदेशिक रोजगारले यस्ता थुप्रै परिवारका सदस्यहरुमा नकारात्मक प्रभाव पारिरहेको छ ।
श्रीमान श्रीमती बीच अलग हुनु अगी नै एकअर्काप्रति विश्वास गर्न सक्ने बलियो आधार बनाईसकेको हुनुपर्छ । यसको लागि समयको आवश्यकता पर्न सक्छ । विवाहको छोटो अवधी पश्चात नै श्रीमतीलाई छाडी विदेशिएका जोडीमा यस्ता समस्या आउन सक्ने सम्भावना धेरै हुन्छन् । विश्वासमा अडिएको बैवाहिक सम्बन्धलाई विश्वासकै वातावरणमा टिकाईरहन श्रीमान तथा श्रीमती दुबैको उत्तिकै भूमिका हुनुपर्दछ । एकअर्काबाट अलग रहदा पनि कसरी विश्वासको वातावरण टिकाईरहन सकिन्छ भन्ने कुरामा दुबै पक्ष सजग हुनुपर्छ । भोली अरुका कुरामा लागेर वा शंकाकै भरमा मात्र परिवारमा विखण्डन नआओस् भन्ने कुरामा श्रीमान श्रीमती दुबै जना दृढ हुन सक्नुपर्छ ।
श्रीमान श्रीमतीको मात्र जीवन नभई उनीहरुका बालबालिकाको झनै संवेदनशील अवस्था रहन्छ । बाबुआमाले विवाद गरी सम्बन्ध विच्छेदका लागि अड्डा अदालत धाउदा बालबालिकाको मानसिकतामा कस्तो असर पर्ला भन्ने कुरा झनै सम्बेदाशिल पाटो हो । त्यसैले बैदेशिक रोजगारमा जाने क्रममा टाढा भएका श्रीमान श्रीमती बीच मात्र नभई अन्य कारणले छुटिएका वा संगै रहदै आएका जोडीबिच यो भयानक परिणामका बारेमा सजक हुने र आससी समझ दारी कायम राख्नमा प्रयास गरिरहनुपर्छ । जस्ले गर्दा परिवार मात्र नभएर समाज र राष्ट्रमा नै एकता कायम हुन्छ ।
यी कारणहरु मात्र नभएर नेपालमा भएका सम्भावनाहरुलाई बेवास्ता गरी हतारमा देखासीकी गरी रोजगारका लागि बाहिंरिदा पारिवारिक विखण्डन मात्र नभई अन्य कैयौ समस्याहरुबाट नेपाली युवाहरु विदेशमा पीडित हुनुपरेको अवस्था छ । गैरकृषि क्षेत्रमा लगानी गर्ने तथा अधिकांश नेपालीहरु कृषिमा नै आधारित भएका कारण व्यवसायीक कृषि गर्न सक्ने हो भने रोजगारको खोजीमा विदेशिनु पनि पर्दैन ।
नेपालमा अधिकांश परिवार बैदेशिक रोजगारका कारण अर्थिक रुपमा बलियो बनेका पनि छन् । तर फाईदा भन्दा समस्या दुखदायी हुने हँुदा नराम्रा पक्षहरु बढी देखिएका हनु पनि सक्छन् । यस्ता नराम्रा पक्षलाई मेटाउनका लागि परिवार , समाज र राष्ट्रले आ आफ्नो तर्फबाट समस्याको समाधान गर्नेतर्फ पहल गर्नुपर्छ । वैबाहिक सम्बन्धमा यी उपायहरुलाई आत्मसात् गर्ने हो भने पारिवारिक समस्या समाधान हुनका साथै सभ्य समाज निर्माणको परिकल्पना साकार पार्न सकिन्छ ।