Logo

किन हार्यो झापामा काँग्रेस ?



झापा, २२ असार । २०४६ सालपछि झापा कम्युनिष्टहरुको किल्ला मानिदै आएको थियो । तर, त्यो किल्ला दोस्रो, तेस्रो निर्वाचन पछि काँग्रेसले भत्काउँदै गएको थियो । तर, यस पटकको निर्वाचनमा काँग्रेसले आश गरेको आफ्नो पकेट क्षेत्र गुमाएको छ ।
गौरादहमा एमालेको आन्तरिक द्न्द्वको पाइदा उठाउँदै नगर प्रमुख जित्ने उल्लेखनीय काम बाहेक अन्यत्र हार व्यहोर्नु पर्यो ।
काँग्रेसले बाह्रदशी र झापा गाउँपालिकामा विजयी भएको छ । यो काँग्रेसको राम्रो पकड भएको क्षेत्र हो । त्यसमा विजेता उम्मेद्वारको प्रभावपनि राम्रो थियो । यि गाउँ पालिकामा पनि तिव्र प्रतिस्प्रर्धाका बिच काँग्रेस विजयी बनेको हो । मेचीनगरको परिणाम आएको छैन । त्यहाँ तिव्र प्रतिस्पर्धा छ । अर्जुनधारामा मत स्थगित भएपनि काँग्रेसले कुनै अवस्थामा पनि जित्न सक्तैन ।

सिटौलाको निर्वाचन क्षेत्रमै काँग्रेस कमजोर
काँग्रेसका बरिष्ठ नेता कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्रमा काँग्रेस यति कामजोर सावित भयो की त्यहाँका दुई गाउँपालिका राप्रपा र एक नगरमा एमालेले विजय हाँसिल गर्यो । केचनाकवल गाउँपालिका काँग्रेस राम्रो पकट क्षेत्र थियो । तर, राप्रपा विजयी बनेको छ । यसैगरी सिटौलाको निर्वाचन क्षेत्रसमेत पर्ने हल्दिबारी गाउँपालिकामा पनि राप्रपाले विजय हाँसिल गरेको छ । काँग्रेसले जित्ने सम्भावना भएको भद्रपुर नगरपालिकामा फराकिलो मतान्तरले एमाले विजयी बनेको छ । भद्रपरमा लगभग ४ हजार मतान्तरले एमालेका जीवन श्रेष्ठ विजयी बनेका छन् ।
२०७० सालको संविानसभको निर्वाचनमा क्षेत्र नम्बर ३ मा नेता सिटौला ४ हजार भन्दा बढी मतान्तरले सभासद् निर्वाचित बनेका थिए । तर, त्यो उनको आधार भत्किएको छ । त्यसबेला राप्रपाका महामन्त्री राजेन्द्र लिंगदेन प्रतिस्प्रधी थिए । अवको निर्वाचनमा सिटौलालाई निर्वाचित हुन फलामको चिउरा चपाए सरह हुन सक्छ ।
काँगेस भित्रको द्न्द्व
नेपाली काँग्रेस झापामा नेता सिटौलाको एकछत्र प्रभाव देखिएको छ । काँग्रेस झापा उनको प्रतिकुल निर्णय गर्ने अवस्थामा छैन । पार्टी सभापति शेरबहादुर देउवाको समुह झापामा कमजोर छ । सिटौलाको पेलाइले देउवाका धेरै कार्यकर्ता राप्रपामा प्रवेश गरेर छन् । काँग्रेसका पूर्व नेता राप्रपाका बिर्तामोड नगरपालिकामा उमम्द्वार बनेका भक्ति सिटौलाले तेस्रो मत ल्याए । जुन काँग्रेस पराजयको कारण बन्यो ।
भद्रपुरमा राप्रपाका उम्मेद्वार बनेका नवराज पनेरु निर्वाचन अघि काँग्रेस परित्याग गरी राप्रपामा प्रवेश गरेका थिए । उनको उम्मेद्वारीले काँग्रेसलाई घाटा भयो । देवा समुहका पनेरु झापा उद्योग बाणिज्य संघका अध्यक्ष पनि हुन् ।
काग्रेसका उम्मेद्वार गणेश पोखरेल सिटौलाका प्रिय पात्र हुन् । यसैगरी केचना गाउँपालिकामा उम्मेद्वार बनेका कालेन्द्रसिंह राजवंशी पनि सिटौलाका प्रिय पात्र हुन् । उनी शिक्षण पेशा छाडेर उम्मेद्वार बनेका थिए ।

उम्मेद्वार छनोटमा लफडा
नेपाली काँग्रेसको उम्मेद्वार छनोटमा तिवै बिवाद भएको थियो । देउवा समुहले टिकट नपाएको असन्तुष्टी त छँदै थियो । आफ्नै समुहको असन्तुष्टी मिलाउन सकेनन् । असन्तुष्ट पक्षले ठाउँ ठाउँमा भेला आयोजना गरे । भद्रपुर लगायतका ठाउँमा भेला र हस्ताक्षर संकलन अभियान नै चलाए । वडाको टिकट पनि पैसा लिएर बाँडेको आरोप नेतृत्वलाई लाग्यो । तल्ला समितिमा छलफलनै नगरी टिका लगाएर टिकट बाँडेको आरोप कार्यकर्ताले लगाए ।
कनकाई, शिवसताक्षीमा एमाले तुलानात्मक रुपमा बलियो हो । कन्काई नगर बसोवास नगर्ने एकराज उप्रेतीलाई उममेद्वार बनाएकोमा पनि असन्तुष्टी थियो । राम्रो उम्मेद्वार दिएको गौराहदमा काँग्रेस विजयी बन्यो भने कमल गाउँपालिकामा बराबरी भएर चिठ्ठामा पराजित हुनु पर्यो ।

बदलाको भावना
झापामा सिटौलाको एकछत्र प्रभाव उम्मेद्वारको टिकट बाँड्ने समयमा पनि देखियो । देउवा समुहलाई वेवास्ता गरी सिटौला पक्षले टिकट बाँडे । सिटौला पक्षकै कार्यकर्ता पनि उम्मेरद्वारसँग असन्तुष्ट थिए । देउवा समुहदेखि सिटौला पक्षकै असन्तुष्टहरुले सिटौलासँग निर्वाचनलाई बदला लिने मौकाको रुपमा लिए । जुन बिर्तामोड, भद्रपुर, केचना लगायतका जित्ने सम्भावना भएका ठाउँ गुमाउनु पर्यो । दमकमा यहि भानाले काँग्रेसको लगभग चौथो पोजिशन कायम हुने अवस्था छ । गौरीगंजमा राम्रो उम्मेद्वार दिएको भए काँग्रेसको जित निश्चित थियो ।
तालमेलप्रति उदाशीन
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका जिल्ला नेताले पटक पटक तालमेलको प्रस्ताव राख्दा पनि काँग्रेसका नेताले चासो दिएनन् । आन्दोलनरत मधेसी दल निर्वाचनमा सहभागि हुँदैन र त्यो मत आफुतिर आउने आंकलन काँग्रेसको थियो । आफु यति कमजोर छौँ भन्ने झापामा काँग्रेसका नेता कार्यकर्ता कसैलाई थिएन । माओवादीसँग तालमेल गरेको भए काँग्रेसको अवस्था राम्रो हुने थियो भने माओवादी केन्द्रपनि शुन्य हुनु पर्ने थिए । माओवादी केन्द्रका नेताले आफु कमजोर भएको महसुश गरेपनि काँग्रेसमा २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा पाएको पात पाउने र विजयी हुने विश्लेशण गर्यो । यो पनि काँग्रेसको हारको अर्को कारण थियो ।

काँग्रेस कमजोर हुँदा राप्रपालाई खुँदो
झापामा राप्रपाको संगठन र प्रभाव राम्रै भएपनि काँग्रेस भन्दा बलियो अवस्था होइन । देशभर जितेका चार मध्ये तिनवटा गाउँपालिका झापामा जित्यो । केचनामा काँग्रेस भित्रको असन्तुष्टीको फाइदा राप्रपाले उठायो । हल्दिवारीमा काँग्रेस र एमाले भित्रको असन्टुष्टीको फइदा उठायो भने गौरीगंजमा काँग्रेसको महिला उम्मेद्वार भएको फाइदा राप्रपाले उठाउँदै वजयी बन्यो ।

 

प्रतिक्रिया दिनुहोस्