युक्रेन, २५ असोज । युक्रेनको राजधानी किभमा आज दोस्रो दिन पनि रुसले मिसाइल आक्रमण जारी राखेको छ ।
सोमवार भएका थुप्रै मिसाइल आक्रमणका कारण १९ जनाको ज्यान गएको छ भने कैयौँ घाइते भएका छन् ।
आज पनि युक्रेनको राजधानी किभको मध्य भागमा रुसले बिहानै मिसाइल हानेको बीबीसीले जनाएको छ । आजको आक्रमणबाट एक जनाको ज्यान गएको छ भने थुप्रै संरचना ध्वस्त भएका छन् ।
राजधानीमा खतराका साइरन बजिरहेका छन् भने सरकारले नागरिकलाई बंकर र सुरक्षित ठाउँमा जान आग्रह गरेको छ । साइरनलाई बेवास्ता नगर्न र आफूलाई सुरक्षित राख्न राष्ट्रपतिका सल्लाहकारले निर्देशन दिएको खबरमा उल्लेख छ ।