इलाम, २१ वैशाख । एमाले अध्यक्ष केपि ओलीले आज इलाम जिल्लाको माङसेवुङ गाउँपालीकास्थित लारुम्बा पुगेर किराँत धर्मगुरु आत्मान्द लिङदेन संग भेट गरेका छन् ।
झापाका विभिन्न ४ स्थानमा आयोजना गरिएका चुनावी सभालाई सम्बोधन गर्न मंगलबार झापा आएका ओलीले आज इलामको माङसेवुङ पुगेर धर्मगुरुलाई भेट गरेका हुन् ।
ओली उनका विश्वासपात्र मानिने संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरु लिएर लारुम्बा पुगेका थिए । लारुम्बामा ओलीले किरात धर्मगुरु आत्मानान्द लिङदेनको आर्शिवाद थापेका छन् । माङसेवुङस्थित लारुम्बा किराँत धर्मको प्रमुख आस्थास्थल मानिन्छ । ओलीले गुरुमार्फत आप्mना पार्टीका उम्मेद्वार जिताउनका लागि सहयोग मागेको गुरुआश्रम स्रोतले जनाएको छ ।
आधा घण्टा लामो भेटघाटका क्रममा अध्यक्ष ओलीले गुरु लिङदेनसंग यहि बैशाख ३० गते हुन लागिरहेको स्थानीय निर्वाचनका विषयमा भलाकुसारी गरेका थिए ।
पुर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले गुरुसंग आषिर्बाद थापे पनि किराँत धर्मावलम्बिहरु भने एमाले र बिषेश गरि एमालेको दमकको नेतृत्व संग असन्तुष्ट रहँदै आएका छन् ।
दमकमा निर्माणको अन्तिम चरणमा पुगेको सभागृहको नामको बिषयलाई लिएर किराँत धर्माबलम्बिहरु एमालेसंग असन्तुष्ट भएका हुन । ओली पहिलो पटक प्रधामन्त्री भएका बेला निर्माण थालिएको दमकको सभागृहको नाउँ राष्ट्रिय बिभुति समेत रहेका किराँत महागुरु फाल्गुनन्द लिङदेनको नाममा रहने भएको थियो ।
२०७३ साल जेठ २८ गते तत्कालीन प्रधानमन्त्री ओलीले उक्त सभागृहको शिलान्यास गर्दा पनि महागुरु फाल्गुनन्द सभागृह भनेर राखिएको थियो । तर पछि त्यसको नाउँ दमक सभागृह मात्रै राखेर निर्माणको अन्तिम चरणमा पुगेको छ । सोहि बिषयमा किराँती समुदायहरु एमालेको नेतृत्व संग असन्तुष्ट रहँदै आएका छन् ।