विराटनगर, २ साउन । सात प्रदेशमध्ये ६ वटा प्रदेशले नाम र राजधानी पाएसँगै दबाबमा रहेको प्रदेश १ का प्रदेश सभा सदस्य र प्रदेश सरकारलाई नाम टुंगो लगाउन सकस परेको छ ।
प्रदेशसभामा सहभागी दलहरुबीच नाम सम्बन्धी एकमत नहुँदा प्रदेशको नाम जुराउने सकस भएको हो ।
प्रदेशसभाको कार्यकाल सकिन अब ४ महिना मात्रै बाँकी छ । तर, दलहरू प्रदेशको नाम के राख्ने भन्ने टुंगोमा पुग्न नसकिरहेको बेला प्रदेशको नाम ‘किरात प्रदेश ’ राख्न माग गर्दै किरात राई यायोक्खाले सोमबार मुख्यमन्त्री कार्यालय अगाडि घेराउ गरेका छन् ।
प्रदेशवासीको भावनाअनुरुप प्रदेश १ को नाम पहिचानको आधार अर्थात किरात प्रदेश हुनुपर्नेमा जोड दिँदै नाराबाजीसमेत गरेका थिए ।
इटहरीबाट मोटरसाइकल र्याली हुँदै सुरु भएको घेराउ कार्यक्रमपछि मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई ज्ञापन पत्र बुझाएका थिए ।







