Logo

किरियापुत्री बसेका प्रदेश सांसदले गरे उपराष्ट्रपति निर्वाचनमा मतदान



काठमाडौँ, ३ चैत । उपराष्ट्रपति पदका लागि आज भइरहेको चुनावमा किरियापुत्रीले मतदान गरेका छन् ।

गण्डकी प्रदेशको कास्की निर्वाचन क्षेत्र नं ३ (२) का प्रदेश सभा सदस्य प्रकाश बरालले मतदान गरेका हुन् ।

पिता लोकराजको निधनमा किरिया बसीरहेका बरालले आज बिहान पोखराबाट हवाई जहाजमा यहाँ आएर मतदान गरेका छन् ।

उनले भने, ‘संविधानले दिएको जिम्मेवारी र आफ्नो कर्तव्य पूरा गर्ने सन्दर्भमा उपराष्ट्रपति चुनावमा मतदानका लागि यहाँ आएर मतदान गरेको हुँ ।’

प्रतिक्रिया दिनुहोस्