मकवानपुर, ३ भदौ । मकवापनुरमा किरिया बसेको घरमा चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ ।
मनहरी गाउँपालिका-६ हाङलाङ स्थित पालबहादुर घलानको घरमा चट्याङ पर्दा एकजनाको मृत्यु भएको हो भने ७ जना घाइते भएका छन् । मृत्यु हुनेमा छिमेकी दैलीडाँडा बस्ने ४२ वर्षीय विशाल ब्लोन रहेका छन् ।
घाइतेहरूको मनहरी अस्पतालमा उपचार भइरहेको छ ।