Logo

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बस्नेत पक्राउ



भोजपुर, २३ माघ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

हतुवागढी गाउँपालिका-१ बस्ने २६ वर्षीय यदुराज बस्नेतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बस्नेतले ती किशोरीलाई गत शुक्रबार राति घोडेटारदेखि पुर्णेबजार सम्म आवत जावत गर्ने कच्ची बाटोको च्यानडाँडा भन्ने स्थानमा ना.५ त ६५८० नम्बरको ट्याक्टरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्