रूपन्देही, २५ माघ । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
देवदह नगरपालिका-७ शितलनगर बस्ने ३६ वर्षीय मोहन गुरुङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
गुरूङले ती किशोरीलाई गत शुक्रबार राति देवदह नगरपालिका-७ ढेकारस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।






