Logo

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अधिकारी पक्राउ



काठमाडौँ, ९ फागुन । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

धादिङ गंगाजमुना गाउँपालिका-९ घर भई काठमाडौँ नागार्जुन नगरपालिका-४ सितापाईला बस्ने ३४ वर्षीय सुरज अधिकारीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अधिकारीले ती किशोरीलाई काठमाडौँ महानगरपालिका-१५ कारखाना चोकस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्