काठमाडौं, १३ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीले कीर्तिपुर नगरपालिकाको मेयरका लागि ध्रुव महर्जनलाई उम्मेदवार बनाउने भएको छ ।
आज निर्वाचन प्रचार प्रसार कार्यक्रम तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले महर्जनलाई उम्मेदवार बनाउने घोषणा गर्नुभएको हो।
यस्तै राप्रपाले वडा नम्बर १ को वडाध्यक्षमा सुरेन्द्र उप्रेती र ४ को वडाध्यक्षमा विशेष बस्नेतलाई उम्मेदवार बनाउने भएको छ