काठमाडौँ, २५ मंसिर । काठमाडौँको कीर्तिपुरमा स्कुल बसको ठक्करबाट एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ ।
कीर्तिपुर नगरपालिका वडा नम्बर-६ चोभार गेट नजिक इण्डियन मोडर्न स्कुलको बसले ठक्कर दिँदा बझाङको जयपृथ्वीबहादुर नगरपालिका-५ घर भएका २९ वर्षीय सुवासचन्द्र रतलाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
ना १ क १६६२ नम्बरको बसले मोटरसाइकलमा रहेका रतलालाई ठक्कर दिएर घाइते बनाएको थियो । उनको उपचारका क्रममा बयोधा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । रतला सशस्त्र प्रहरी केन्द्रीय कार्यालय हलचोकमा कार्यरत थिए ।






