काठमाडौँ, ९ भदौ । काठमाडौँको कीर्तिपुर नगरपालिकाले पनि अवैध रूपमा बनाएका संरचना डोजर चलाएर भत्काएको छ ।
बिहीवार नगरपालिकाको वडा नम्बर १० नयाँ बजारमा रहेको नगरपालिकाको नयाँ कार्यालय भवन नजिकैको एक घरको कम्पाउन्डमा बनाएको अवैध संरचना भत्काइएको मेयर राजकुमार नकर्मीले जानकारी दिए ।
नगरपालिकाले जयबहादुर महर्जनको घर जग्गामा बनाएको संरचना भत्काएको हो । नक्सा पास नभएको ठाउँमा संरचना बनाएको, अग्लो पर्खाल बनाएको र त्यहाँ टहरा बनाएको भन्दै नगरपालिकाले डोजर चलाएको हो ।
तीन दिने सूचना निकालेर अवैध संरचना हटाउन भनिए पनि सूचनाको अटेरी गरेपछि भत्काइएको नगरपालिकाले जनाएको छ ।






