Logo

कुँवर मृतास्थामा फेला



बैतडी, २१ साउन । बैतडीको सुर्नया गाउँपालिका-७ का ३७ वर्षीय रघुवीर कुँवर मृतास्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोकराज जोशीका अनुसार उनी वडा नं ७ रौतगाउँको गोराखला टोल घर भएका वडाको घङ्राड भन्ने ठाउँमा मृत भेटिएका हुन् ।

पारिवारिक स्रोतका अनुसार उनी बिहीबार दिउँंसो सामान किन्नका लागि स्थानीय चौथाली बजार गएका थिए । कुँवरका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्