Logo

कुकुर मारेको आरोपमा युवक पक्राउ



पोखरा, १० वैशाख । कुकुर मारेको आरोपमा पोखराका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यलय कास्कीले पोखरा महानगरपालिका-१९ बस्ने २३ वर्षीय सुदिप परियारलाई पक्राउ गरेको हो ।

उनले गत चैत १८ गते कुकुरको घाँटीमा प्लास्टिकको डोरीले पासो लगाई रुखमा झुन्ड्याएर मारी सेती नदीको खोँचमा फालेको र घटनाको भिडियो बनाई सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेको भन्दै परियारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गत बिहीबार नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनको मोबाइल र उनले चलाउने फेसबुकमा समेत उक्त घटनाको भिडियो पाईएको प्रहरीले जनाएको छ । उनीमाथि पशुपंक्षी सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ९ दिन म्याद थप गरि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्